शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा समर्थकले गरेका हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा  सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संविधान, कानुन र वर्तमान व्यवस्थाविपरीत प्रर्दशनकारी समूहले मानवीयसहित विभिन्न स्थानमा भौतिक संरचना तोडफोड, आगजनीलगायत गरेका घटना आपराधिक क्रियाकलाप […]

Mar 29, 2025 - 15:10
 0
शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा समर्थकले गरेका हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा  सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संविधान, कानुन र वर्तमान व्यवस्थाविपरीत प्रर्दशनकारी समूहले मानवीयसहित विभिन्न स्थानमा भौतिक संरचना तोडफोड, आगजनीलगायत गरेका घटना आपराधिक क्रियाकलाप भएकाले सरकारले यथाशीघ्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको शान्ति सुव्यवस्था खलबलाउने उक्त घटना अराजनीतिक तथा निन्दनीय रहेको धारणा राखे । मुलुकको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएर शान्ति सुरक्षासहित नागरिकको ज्यानको रक्षाको जिम्मेवारीलाई थप सशक्त बनाउनुपर्नेमा उनले जोड दिए ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले घटनामा संलग्न अपराधीलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै परिवर्तन पक्षधर सबै देशभक्त र क्रान्तिकारी शक्तिलाई एकताबद्व हुन आह्वान गरे।

राजावादी समर्थकद्वारा शुक्रबार भएको घटनाको क्षतिबारे बुझ्न आज गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका थिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register