तीनकुने घटनाको बारद्वारा भत्र्सना, मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग
काठमाडौं । नेपाल बार एसोसिएशनले नेपालको संविधानविपरीत पूर्वराजाको समर्थन गर्दै आक्रमण, तोडफोड, आगजनी र लुटपाट गरी मानवीय र भौतिक हुनेगरी भएको घटनाको भत्र्सना गरेको छ । बारका महासचिवमा अन्जिता खनालद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको प्रर्दशनका क्रममा भएको घटनामा मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गर्दै भत्र्सना गरिएको हो […]

काठमाडौं । नेपाल बार एसोसिएशनले नेपालको संविधानविपरीत पूर्वराजाको समर्थन गर्दै आक्रमण, तोडफोड, आगजनी र लुटपाट गरी मानवीय र भौतिक हुनेगरी भएको घटनाको भत्र्सना गरेको छ ।
बारका महासचिवमा अन्जिता खनालद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको प्रर्दशनका क्रममा भएको घटनामा मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गर्दै भत्र्सना गरिएको हो ।
बारले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र सोही घटनामा परी सविन महर्जनको मृत्यु भएको जनाउँदै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग गर्नुका साथै घटनाको सत्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको बारका महासचिवमा खनालले जानकारी दिए ।
साथै, बारले विज्ञप्तीमार्फत यस्ता घटना पुनः दोहोरिन नदिन मानवअधिकारको रक्षा, सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र आमनागरिकको सुरक्षा गर्न सरकारसँग अनुरोध पनि गरेको छ ।
What's Your Reaction?






