हितेन्द्रका पक्षमा राधेश्यामको ‘वकालतनामा’ : जसले बनायो कुलमानको मुद्दा हेर्न नमिल्ने

काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले हितेन्द्रदेव शाक्यको पक्षमा वकालतनामा भरेपछि आइतबार कुलमान घिसिङको मुद्दा हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार कुलमानको रिटमा विपक्षी रहेका हितेन्द्रदेव शाक्य तर्फबाट वरिष्ठ अधिवक्ता अधिकारीले बहस गर्न वकालतनामा भरेका थिए । “राधेश्याम अधिकारीले वकालतनामा भर्नु भएको रहेछ । त्यही भएर सम्माननीयज्यु (प्रधानन्यायाधीश)ले नहेर्ने […]

Mar 30, 2025 - 10:45
 0
हितेन्द्रका पक्षमा राधेश्यामको ‘वकालतनामा’ : जसले बनायो कुलमानको मुद्दा हेर्न नमिल्ने

काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले हितेन्द्रदेव शाक्यको पक्षमा वकालतनामा भरेपछि आइतबार कुलमान घिसिङको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार कुलमानको रिटमा विपक्षी रहेका हितेन्द्रदेव शाक्य तर्फबाट वरिष्ठ अधिवक्ता अधिकारीले बहस गर्न वकालतनामा भरेका थिए । “राधेश्याम अधिकारीले वकालतनामा भर्नु भएको रहेछ । त्यही भएर सम्माननीयज्यु (प्रधानन्यायाधीश)ले नहेर्ने निर्णय गर्नु भएको हो,” पाण्डेले भने ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा घिसिङको रहेको थियो । तर, वरिष्ठ अधिवक्ता अधिकारीले बहस गर्ने भएपछि कुनै समय एकै ल फर्ममा काम गरेका प्रधानन्यायाधीश राउतले नहेर्ने बताएका हुन् । त्यसपछि कुलमानले दायर गरेको रिट हेर्न नमिल्नेमा पुगेको हो ।

प्रधानन्यायाधीश राउतका ल फर्मका अधिकारीसँग कुनै समय साझेदार रहेका थिए । ‘डिआर ल एसोसिएट्स’ मा प्रधानन्यायाधीश राउतले दमननाथ ढुङ्गाना, महादेवप्रसाद यादवसँगै राधेश्याम अधिकारीसँग समेत साझेदारी गरेका थिए ।

कुलमानको सँगै रहेको नेपाल विद्युत् प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट समेत हेर्न नमिल्नेमै परेको छ । दुवै रिटमा सुनुवाइको लागी चैत १५ गते मङ्गलवार सुनुवाइको लागि अर्को पेसी तोकिएको छ ।

गएको शुक्रबार न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए ।

कुलमानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register