न्यायपरिषद्‌को संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत न्यायाधीशहरू कुमार रेग्मी, हरि फूयाल, नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले संशोधित नियमावली कार्यान्वयन तत्कालका लागि राेकेको हाे । संशोधित नियमावलीले न्याय सेवाबाट न्यायाधीश बन्नेहरूको हकमा सचिव र मुख्य सचिव भएको मितिदेखि वरिष्ठताक्रम गणना गर्ने व्यवस्था गरेको […]

May 28, 2025 - 14:28
 0
न्यायपरिषद्‌को संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत न्यायाधीशहरू कुमार रेग्मी, हरि फूयाल, नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले संशोधित नियमावली कार्यान्वयन तत्कालका लागि राेकेको हाे ।

संशोधित नियमावलीले न्याय सेवाबाट न्यायाधीश बन्नेहरूको हकमा सचिव र मुख्य सचिव भएको मितिदेखि वरिष्ठताक्रम गणना गर्ने व्यवस्था गरेको थियो ।

अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न अदालतले आगामी आइतबार  दुवै पक्षलाई बोलाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register