रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । सहकारीको रकम अपचलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभयोग पत्र दर्ता भएपछि उपाध्यक्षमध्येका एक डीपी अर्याललाई कार्यवहाकको जिम्मेवारी दिएका रवि जिम्मेवारीमा फर्किने भएका हुन् । उनी सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले […]

Mar 30, 2025 - 10:52
 0
रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । सहकारीको रकम अपचलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभयोग पत्र दर्ता भएपछि उपाध्यक्षमध्येका एक डीपी अर्याललाई कार्यवहाकको जिम्मेवारी दिएका रवि जिम्मेवारीमा फर्किने भएका हुन् ।

उनी सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।

‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहलिो बैठकको समापन हुनेछ ।‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्धामा लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।

४ सहकारीको रकम अपचलनको मुद्दामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । रिहा भएपछि लामिछाने पार्टीका क्रियाकलापमा सक्रिय भएका थिएनन् ।

बैठकमा पार्टी र सदनको गतिविधिबारे संक्षिप्त रिपोर्टिङ हुनुका साथै पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस र अधिवेशन तथा महाधिवेशन कार्यतालिकाका बारेमा पनि छलफल हुने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register