काश्मिरी मस्जिदमा ‘ईद मुबारक’ (तस्वीरहरू)

काठमाडौं । इस्लाम धर्मावलम्बीको पर्व ‘ईद–उल–फित्र’ आज (सोमबार) हर्षोल्लासका साथ मनाइँदै छ । हिजरी संवत्को रमदान (रमजान) महिना सकिएर शव्वाल महिना सुरु भएसँगैै इस्लाम धर्मावलम्बीले ईद मनाउने गर्छन् । यसर्थ रमदानभरि रोजा व्रत (उपवास) बसेका इस्लाम धर्मावलम्बी आज मस्जिदमा गइ ईद–उल–फित्र मनाउँदैछन् । हिजरी संवत्को पात्रोअनुसार आइतबार रमदान सकिएर आज शव्वाल महिना सुरु हुँदैछ । […]

Mar 31, 2025 - 05:22
 0
काश्मिरी मस्जिदमा ‘ईद मुबारक’ (तस्वीरहरू)

काठमाडौं । इस्लाम धर्मावलम्बीको पर्व ‘ईद–उल–फित्र’ आज (सोमबार) हर्षोल्लासका साथ मनाइँदै छ ।

हिजरी संवत्को रमदान (रमजान) महिना सकिएर शव्वाल महिना सुरु भएसँगैै इस्लाम धर्मावलम्बीले ईद मनाउने गर्छन् ।

यसर्थ रमदानभरि रोजा व्रत (उपवास) बसेका इस्लाम धर्मावलम्बी आज मस्जिदमा गइ ईद–उल–फित्र मनाउँदैछन् ।

हिजरी संवत्को पात्रोअनुसार आइतबार रमदान सकिएर आज शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।

हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाहसँग पुकारा गर्छन् ।

ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दानलाई इस्लाम परम्परामा ‘जकात’ भनिन्छ ।

सरकारले यस पर्वका अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

काठमाडौंको तीनधारा पाठशालास्थित पञ्च काश्मिरी तकिया मस्जिदमा ईद मनाउनेको भीड लागेको छ ।

जहाँ भेला भएका श्रद्धालु ‘ईद मुबारक’ भनेर एकअर्कालाई शुभकामना दिइरहेका छन् । जहाँ महिलाहरूको पनि बाक्लो उपस्थिति देख्न सकिन्छ ।

हेरौं तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register