गणतन्त्रका पक्षमा एमालेले आज देशभर जागरण सभा र मोटरसाइकल र्याली गर्दै
काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले आज गणतन्त्रका पक्षमा देशभर जागरण सभा र मोटरसाइकल र्याली गर्ने भएको छ । काठमाडौं उपत्यकासहित देशभरका सदरमुकाम र प्रमुख सहरमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्याली गर्ने एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखेरका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न ४ बजे तीनकुनेबाट संयुक्त रूपमा मोटरसाइकल र्यालीको आयोना […]

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले आज गणतन्त्रका पक्षमा देशभर जागरण सभा र मोटरसाइकल र्याली गर्ने भएको छ ।
काठमाडौं उपत्यकासहित देशभरका सदरमुकाम र प्रमुख सहरमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्याली गर्ने एमालेले जनाएको छ ।
एमाले महासचिव शंकर पोखेरका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न ४ बजे तीनकुनेबाट संयुक्त रूपमा मोटरसाइकल र्यालीको आयोना हुनेछ। ‘प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ,’ र्यालीमा सहभागी हुन सार्वजनिक आह्वान गर्दै एमाले महासचिव पोखरेलले भनेका छन् ।
What's Your Reaction?






