भारतीय आक्रमणबाट मृत्यु हुने पाकिस्तानीको संख्या ३१ पुग्यो

काठमाडौं । भारतीय सेनाको हवाई आक्रमणबाट मृत्यु हुने पाकिस्तानीको संख्या ३१ पुगेको छ । मङ्गलबार रातिको आक्रमणबाट बिहीबार बिहानसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको र दर्जनौँ मानिस घाइते भएको पाकिस्तानी सैनिक अधिकारीहरूले बताएका छन् । पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् । साथै आक्रमणबाट […]

May 8, 2025 - 03:48
 0
भारतीय आक्रमणबाट मृत्यु हुने पाकिस्तानीको संख्या ३१ पुग्यो

काठमाडौं । भारतीय सेनाको हवाई आक्रमणबाट मृत्यु हुने पाकिस्तानीको संख्या ३१ पुगेको छ ।

मङ्गलबार रातिको आक्रमणबाट बिहीबार बिहानसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको र दर्जनौँ मानिस घाइते भएको पाकिस्तानी सैनिक अधिकारीहरूले बताएका छन् ।

पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् ।

साथै आक्रमणबाट उनका ६ जना नजिकका साथीको पनि ज्यान गएको छ ।

यता भारतीय पक्षमा पनि क्षति पुगेको छ । भारत प्रशासित कश्मीरतर्फ एक सैनिकसहित कम्तीमा १० सर्वसाधरणको मृत्यु भएको छ ।

भारतले यही वैशाख ९ मा जम्मू–कश्मीरमा भएको सर्वसाधारणमाथिको आक्रमणको दोष पाकिस्तानलाई दिएको छ । जसको पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ ।

पहलगाममा भएकाे उक्त घटनामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

कश्मीरको पुंछमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एक भारतीय सैनिकको मृत्यु

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register