साइनो मार्केटप्लेसले स्वदेशी उत्पादनको हाटबार कार्यक्रम आयोजना गर्दै

काठमाडौं । साइनो मार्केटप्लेसले नेपालमा बनेका उत्पादनको हाटबार कार्यक्रम आयोजना गर्ने भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-२ स्थित इमाडोल तरकारी तथा फलफूल बजारमा चैत्र २३ मा नेपालमा बनेका उत्पादनहरूको हाटबार कार्यक्रम आयोजना हुन लागेको साइनो मार्केटप्लेसले जनाएको छ । “यो कार्यक्रम विशेष गरी स्थानीय व्यवसाय, कारिगर र उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। हामीले यो […]

Mar 31, 2025 - 10:15
 0
साइनो मार्केटप्लेसले स्वदेशी उत्पादनको हाटबार कार्यक्रम आयोजना गर्दै

काठमाडौं । साइनो मार्केटप्लेसले नेपालमा बनेका उत्पादनको हाटबार कार्यक्रम आयोजना गर्ने भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका-२ स्थित इमाडोल तरकारी तथा फलफूल बजारमा चैत्र २३ मा नेपालमा बनेका उत्पादनहरूको हाटबार कार्यक्रम आयोजना हुन लागेको साइनो मार्केटप्लेसले जनाएको छ ।

“यो कार्यक्रम विशेष गरी स्थानीय व्यवसाय, कारिगर र उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। हामीले यो कार्यक्रम शनिबारको एक विशेष दिनको लागि आयोजना गर्ने योजना बनाएका छौं, तर भविष्यमा यसलाई साप्ताहिक रूपमा निरन्तरता दिने तयारी पनि गरेका छौं,” साइनो मार्केटप्लेसको संस्थापक अमृत विष्टले नेपालभ्युजलाई बताए ।

कार्यक्रमको उद्देश्य स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्नु, नेपाली कारीगरहरूको हौसला बढाउनु र नेपालका विभिन्न स्थानमा उत्पादन हुने वस्तुहरूको महत्वलाई जनचेतना फैलाउनु हो। यस हाटबजारमा सबै प्रदर्शित उत्पादनहरू नेपालमा बनेका हुनेछन्, जसले स्थानीय अर्थतन्त्र र स्थानीय व्यवसायलाई समर्थन पुर्‍याउने संस्थापक विष्टले बताए ।

केवल नेपालमा बनेका उत्पादनहरूको प्रदर्शनी, स्थानीय कारिगरहरूको जीवनशैली र कामको प्रदर्शन, र ग्राहक र व्यवसायी बीचको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमको मुख्य आकर्षण रहेका छन् ।

इमाडोल तरकारी तथा फलफूल बजार र मौरी भेन्चर्सको सहकार्यमा साइनो मार्केटप्लेसले आयोजना गर्न लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register