एसईईको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने

झापा, २० चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ । यही चैत ७ गतेदेखि शुरू भएको परीक्षा हिजो सकिएको हो । यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा [...] The post एसईईको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने appeared first on Jhapa Online.

Apr 2, 2025 - 09:35
 0
एसईईको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने

झापा, २० चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ ।

यही चैत ७ गतेदेखि शुरू भएको परीक्षा हिजो सकिएको हो । यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना सहभागी थिए । जापानको एक परीक्षा केन्द्रमा २९ जनाले एसईई दिएका छन् ।

यस वर्ष परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । सरकारले परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । गएको वर्ष २०८० सालको एसईईमा ४८ प्रतिशतमात्रै विद्यार्थी पास भएका थिए ।

The post एसईईको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register