नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

काठमाण्डौ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न शिनावात्राको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा [...] The post नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर appeared first on Jhapa Online.

Apr 2, 2025 - 09:35
 0
नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

काठमाण्डौ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न शिनावात्राको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा ६ वटा समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।

थाइल्यान्ड सरकारको औपचारिक भ्रमण तथा छैटौं ुबिम्स्टेकु सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो थाइल्यान्ड पुग्नुभएको हो ।

यसैबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । शिखर सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच पर्सि शुक्रवार ुसाइडलाइनु वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि गएको असोज ७ गते संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकाको न्युयोर्कमा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीको यो कार्यकालमा भारतबाट भ्रमणको निम्तो आएको छैन । प्रधानमन्त्री ओलीले भने न्युयोर्कमै मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।

The post नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register