काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । शुक्रबारदेखि वायुको वेग आज (बिहीबार)को तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण […]

Apr 3, 2025 - 02:49
 0
काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ ।

शुक्रबारदेखि वायुको वेग आज (बिहीबार)को तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् ।

बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले शुक्रबारदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आङ्शिक बदली भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register