६ महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन हुने 

काठमाडौँ । गत असोजदेखि बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । आर्थिक अभावका कारण बन्द भएको उद्योग चैत २३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको हो ।  चैत २३ गतेदेखि उद्योगको किलमा फायर गरेर उत्पादन सुरु गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक नवीन कर्णले जानकारी दिएका छन् । चरम आर्थिक संकटको सामना […]

Apr 4, 2025 - 05:12
 0
६ महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन हुने 

काठमाडौँ । गत असोजदेखि बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । आर्थिक अभावका कारण बन्द भएको उद्योग चैत २३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको हो । 

चैत २३ गतेदेखि उद्योगको किलमा फायर गरेर उत्पादन सुरु गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक नवीन कर्णले जानकारी दिएका छन् ।

चरम आर्थिक संकटको सामना गरिरहेको उद्योगले उत्पादन बन्द हुनुमा अघोषित लोडसेडिङ बाहना बनाइको थियो । गत मंसिरदेखि उद्योगमा अघोषित रुपमा बिहान र बेलुका गरी ६ घण्टा हुने लोडसेडिङका कारण उद्योग सञ्चालन गर्न नसकिएको उद्योगले दाबी गरेको थियो । 

तर, अब विद्युत प्राधिकरणले नियमित रुपमा उद्योगमा बिजुली दिने भएसँगै उत्पादन पुनः सञ्चालन गर्न थालिएको बताइएको छ । यसअघि उद्योग नै बन्द हुँदा कर्मचारी र मजदुरलाई तलब खुवाउन नसकेपछि मजदुरहरु आन्दोलित बनेका थिए । हाल मजदुरहरुसँग उद्योग सञ्चालनमा आएपछि तलब दिने सहमति गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register