ट्रकमा भेटिएको २५ करोडका मालिक खासा व्यापारी भएको खुलासा, डलर तस्करीको उद्धेश्य चीनबाट सुन तस्करी ! 

काठमाडौँ । काठमाडौँको टोखास्थित झोर क्षेत्रमा ट्रकमा भेटिएको २५ करोड बराबरका डलरका मालिक खासा व्यापारी भएको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा नारायण पौडेल खासा व्यापारी भएको खुलेको हो । ट्रकमा भेटिएको सो २५ करोड बराबरको डलर पौडेलकै भएको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ ।  प्रहरीका अनुसार उनले नेपाल-तिब्बत सिमानास्थित न्यालम काउन्टीमा अवस्थित […]

Apr 4, 2025 - 07:55
 0
ट्रकमा भेटिएको २५ करोडका मालिक खासा व्यापारी भएको खुलासा, डलर तस्करीको उद्धेश्य चीनबाट सुन तस्करी ! 

काठमाडौँ । काठमाडौँको टोखास्थित झोर क्षेत्रमा ट्रकमा भेटिएको २५ करोड बराबरका डलरका मालिक खासा व्यापारी भएको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा नारायण पौडेल खासा व्यापारी भएको खुलेको हो ।

ट्रकमा भेटिएको सो २५ करोड बराबरको डलर पौडेलकै भएको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ । 

प्रहरीका अनुसार उनले नेपाल-तिब्बत सिमानास्थित न्यालम काउन्टीमा अवस्थित खासा बजारबाट सामान आयात गर्ने गर्दथे । उनले तिब्बतियनसँग महिलासँग विवाह गरेका थिए । त्यसयता उनले चीनबाट व्यापारसँगै सुनको अवैध तस्करी गर्ने गरेको समेत खुलेको छ । 

प्रहरीका अनुसार गतवर्ष उनकी पत्नीको निधन भएको थियो । उनी सिन्धुपाल्चोकमा नाम चलेका व्यापारी हुन् । उनी खासाबाट सामान आयात गरे व्यापार गर्दागर्दै तस्करीमा लागेको पनि खुलासा भएको छ । तस्करीका लागि उनले सुरुमा तातोपानी नाक प्रयोग गर्ने गरेको भए पनि २०७२ सालपछि नाका बन्द हुँदा उनले तस्करीका लागि रसुवा नाकालाई सुन तस्करीको रुटका रुपमा प्रयोग गर्न थालेका थिए । 

चैत १५ गते पनि पौडेलले २५ करोड बराबरको डलर र युरो चीन तस्करी गरेर केरुङ नाका हुँदै सुन ल्याउने योजना रहेको खुलेको छ । तर, प्रहरीले ट्रकमा लुकाइछिपाइ तस्करी गरिँदै गरेको अवस्थामा २५ करोड बराबरको डलर र युरो बरामद गरेको हो । डलर तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ट्रक चालक कुसाङ लामालाई पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान गर्दै जाँदा सो रकमको मालिक पौडेल रहेको खुलेको थियो । हाल पौडेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तर, उनी भने फरार छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register