केही स्वार्थी समूहले ममाथि प्रहार गरे : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङले केही स्वार्थी समूहले आफूमाथि प्रहार गरेको बताएका छन् । पत्रकार सम्मेलन गर्दै शुक्रबार घिसिङले स्वार्थी समूहले आफ्नो मानसम्मानमा आँच पुर्‍याउन खोजेको बताए । उनले मन्त्रीको एक गलत निर्णयले संस्था भताभुङ्ग हुने स्थिति रहेको पनि बताए । घिसिङले भने, “एउटा मन्त्री र संस्थाको नेतृत्वको निर्णयले […]

Apr 4, 2025 - 09:10
 0
केही स्वार्थी समूहले ममाथि प्रहार गरे : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङले केही स्वार्थी समूहले आफूमाथि प्रहार गरेको बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै शुक्रबार घिसिङले स्वार्थी समूहले आफ्नो मानसम्मानमा आँच पुर्‍याउन खोजेको बताए ।

उनले मन्त्रीको एक गलत निर्णयले संस्था भताभुङ्ग हुने स्थिति रहेको पनि बताए । घिसिङले भने, “एउटा मन्त्री र संस्थाको नेतृत्वको निर्णयले क्षण भरेमै संस्थाहरु लथालिङ्ग हुने अवस्था छ । यसलाई रोक्न जनताको खबरदारी सधैं आवश्यक छ ।”

विद्युत् प्राधिकरणले गरेको आर्थिक प्रगति आफ्नो एक्लो प्रयासमा मात्र नभएको उनको भनाइ छ । “यो मेरो एक्लो प्रयासमा मात्र भएको होइन । सम्बद्ध संस्थाको सहयोगमा सम्भव भएको हो,”  घिसिङले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register