सार्वभौमसत्ताको मालिक जनतालाई बनाउँदै राजालाई अभिभावक बनाऔँ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र गणतन्त्रवादी दुबै अट्ने नवीन समझदारीका तयार हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बल्खुमा खबरदारी सभालाई सम्बोधन गर्दै उनले सबै अट्ने नवीन समझदारी अहिलेको आवश्यकता रहेको बताए । ‘हिजो र आजका राम्रा कुरा समेट्दै नवीन समझदारी गरौँ । नवीन समझदारीमा जनतालाई सार्वभौमसत्ताको मालिक बनाउँदै […]

Apr 8, 2025 - 11:12
 0
सार्वभौमसत्ताको मालिक जनतालाई बनाउँदै राजालाई अभिभावक बनाऔँ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र गणतन्त्रवादी दुबै अट्ने नवीन समझदारीका तयार हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बल्खुमा खबरदारी सभालाई सम्बोधन गर्दै उनले सबै अट्ने नवीन समझदारी अहिलेको आवश्यकता रहेको बताए । ‘हिजो र आजका राम्रा कुरा समेट्दै नवीन समझदारी गरौँ । नवीन समझदारीमा जनतालाई सार्वभौमसत्ताको मालिक बनाउँदै राजालाई अभिभावक बनाऔँ,’ उनले भने ।

राप्रपाले स्थानीय तहलाई सबल बनाउँदै प्रदेशको खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहित संवैधानिक राजसंस्थाको वकालत गरिरहेको उनले बताए । ‘हामी सक्रिय राजाको पक्षमा छैनौँ । जनताका प्रधानमन्त्री जनताले सिधै मत दिएर चयन गर्नुपर्ने पक्षमा छौँ,’ उनले भने ।

आफुहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएको भन्दै उनले विरोध जनाए । ‘राप्रपाले भृकुटीमण्डपमा सभा गर्दा ढल्ने यो कस्तो गणतन्त्र हो?’ उनको प्रश्न थियो ।

आफुहरू अराजकता र हिंसाको पक्षधर नभएको भन्दै उनले राप्रापाको शान्तिपूर्ण नीतिलाई कमजोरी नआँक्न सरकारलाई चुनौती दिएका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register