काठमाडौँ महानगरका कर्मचारीले सोमबारसम्म तलब पाउने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले सोमबार तलब पाउने भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ कार्यालय फर्किए लगत्तै महानगरका कर्मचारीले सोमबार तलब पाउने भएका हुन् ।  गुरागाइँले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाएका छन् । गत पुष ७ गतेदेखि बिदामा बसेका गुरागाइँ बिहीबार कार्यालयमा उपस्थित भएका थिए ।  उनलाई वडाध्यक्ष र महानगरका कर्मचारीहरुकले […]

Apr 4, 2025 - 09:13
 0
काठमाडौँ महानगरका कर्मचारीले सोमबारसम्म तलब पाउने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले सोमबार तलब पाउने भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ कार्यालय फर्किए लगत्तै महानगरका कर्मचारीले सोमबार तलब पाउने भएका हुन् । 

गुरागाइँले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाएका छन् । गत पुष ७ गतेदेखि बिदामा बसेका गुरागाइँ बिहीबार कार्यालयमा उपस्थित भएका थिए । 

उनलाई वडाध्यक्ष र महानगरका कर्मचारीहरुकले कार्यालयको ढोका फोडेर कार्यकक्षमा प्रवेश गराएका थिए । बिहीबार उनलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको थियो । तर, तलब नपाएका कर्मचारीहरुले जबरजस्ती गुरागाइँलाई कार्यालय प्रवेश गराएका थिए । 

गुरागाईं बिदामा बसेपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । त्यसयता महानगरका कर्मचारीको तलब रोकिएको थियो । बल प्रयोग गरेरै बिहीबार कार्यकक्ष प्रवेश गरेका गुरागाइँले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाइदिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register