यातायात कार्यालय झापाबाट नौ जना बिचौलिया नियन्त्रणमा

झापा, २२ चैत । यातायात व्यवस्था कार्यालय झापाबाट बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो बढेसँगै शुक्रबार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले करिब नौ जना बिचौलियालाई पक्राउ गरेको हो। सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राही हरु बिचौलियाका कारण [...] The post यातायात कार्यालय झापाबाट नौ जना बिचौलिया नियन्त्रणमा appeared first on Jhapa Online.

Apr 4, 2025 - 10:56
 0
यातायात कार्यालय झापाबाट नौ जना बिचौलिया नियन्त्रणमा

झापा, २२ चैत । यातायात व्यवस्था कार्यालय झापाबाट बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो बढेसँगै शुक्रबार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले करिब नौ जना बिचौलियालाई पक्राउ गरेको हो।

सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राही हरु बिचौलियाका कारण ठगिने गरेको र केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु उजागर भएपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुईजना महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका नौ जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

The post यातायात कार्यालय झापाबाट नौ जना बिचौलिया नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register