झापाको मेचीनगरमा लागुऔषध कारोबार, दुई युवा पक्राउ

झापा, १० जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका मेचीनगर नगरपालिका–१० खयरडाँगीमा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी दुई युवालाई पक्राउ गरेको हो । प्रहरी टोलीले मेचीनगर–१० खयरडाँगीका ३३ वर्षीय मोहन चौधरी र [...] The post झापाको मेचीनगरमा लागुऔषध कारोबार, दुई युवा पक्राउ appeared first on Jhapa Online.

May 24, 2025 - 04:15
 0
झापाको मेचीनगरमा लागुऔषध कारोबार, दुई युवा पक्राउ

झापा, १० जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ ।

शुक्रबार बेलुका मेचीनगर नगरपालिका–१० खयरडाँगीमा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी दुई युवालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले मेचीनगर–१० खयरडाँगीका ३३ वर्षीय मोहन चौधरी र मेचीनगर–१५ का ३४ वर्षीय डिपलेस मेचेलाई शंका लागि चेक जाँच गर्दा मोहन चौधरीले मलद्वारमा लुकाएको अवस्थामा ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम १५० मिलिग्राम र प्लाष्टिक बाहेक ५ ग्राम १७० मिलिग्राम फेला परेको थियो । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको मेचीनगरमा लागुऔषध कारोबार, दुई युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register