रिडारा बन्यो मनाङ पुग्ने पहिलो ईभी पिकअप

काठमाडौं । रिडारा RD6 4WD ले NYEF Motor Rally अन्तर्गत मनाङ पुग्ने पहिलो EV पिकअप बनेको छ । यो उपलब्धि CG मोटर्सद्वारा प्रायोजित र नेपालको विद्युतीय सवारी साधनको प्रमुख साझेदारको रूपमा हासिल भएको हो । रिडारा RD6 4WD ले २४० भन्दा बढी चार्जिङ स्टेसनका माध्यमबाट नेपालका कठिन पहाडी र उकालो क्षेत्रहरूमा विद्युतीय सवारी चलाउन सम्भव […]

Apr 4, 2025 - 13:07
 0
रिडारा बन्यो मनाङ पुग्ने पहिलो ईभी पिकअप

काठमाडौं । रिडारा RD6 4WD ले NYEF Motor Rally अन्तर्गत मनाङ पुग्ने पहिलो EV पिकअप बनेको छ ।

यो उपलब्धि CG मोटर्सद्वारा प्रायोजित र नेपालको विद्युतीय सवारी साधनको प्रमुख साझेदारको रूपमा हासिल भएको हो ।

रिडारा RD6 4WD ले २४० भन्दा बढी चार्जिङ स्टेसनका माध्यमबाट नेपालका कठिन पहाडी र उकालो क्षेत्रहरूमा विद्युतीय सवारी चलाउन सम्भव बनाएको छ ।

काठमाडौंदेखि मनाङ्गसम्मको कठिन र चुनौतीपूर्ण यात्रा, जसमा साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू, र चिसो हावापानी जस्ता अवरोधहरू थिए, एकपटक मात्र चार्ज गरेर पूरा गरेको छ । यो रिडाराको प्रविधिको प्रगति र नेपालका पहाडी क्षेत्रमा पनि विद्युतीय सवारी साधनहरूको प्रयोग सम्भव रहेको स्पष्ट प्रमाण हो ।

४२४ कि.मि. रेंज र ५९५ Nm टोक भएका रिडारा RD6 4WD ले मनाङ्गको उचाई ३,५१९ मिटरमा, अत्यधिक तीव्र उकालो र अफरोड बाटोहरूमा उत्कृष्ट प्रदर्शन गरेको देखाएको छ । विशेषतः यसको ९५ प्रतिशत ग्रेडेबिलिटीले तीव्र उकालोहरूको सामना गर्न सजिलो बनाएको छ । साथै, २२५ मिमि ग्राउण्ड क्लियरेन्सले पथरीला र उचालिएका बाटोहरूमा पनि सन्तुलित यात्रा सुनिश्चित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register