बर्दियाबाट एक लाखभन्दा बढीका अवैध सामान बरामद

बर्दिया । बर्दिया प्रहरीले एक लाख १९ हजार रुपैयाँ बराबरको भन्सार छली चोरी निकासी गरेका सामान गरी राजापुर भन्सार कार्यालयलाई बुझाएको छ । भन्सार छली गरेर ल्याएको कुर्ता–सुरुवाल, रेडिमेट कपडा, प्लाष्टिक डोरी र रासायनिक मल पक्राउ गरी भन्सारलाई बुझाएको हो । तीन दिन यता गरेको चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान फेला परेको जिल्ला प्रहरी […]

May 26, 2025 - 15:58
 0
बर्दियाबाट एक लाखभन्दा बढीका अवैध सामान बरामद

बर्दिया । बर्दिया प्रहरीले एक लाख १९ हजार रुपैयाँ बराबरको भन्सार छली चोरी निकासी गरेका सामान गरी राजापुर भन्सार कार्यालयलाई बुझाएको छ ।

भन्सार छली गरेर ल्याएको कुर्ता–सुरुवाल, रेडिमेट कपडा, प्लाष्टिक डोरी र रासायनिक मल पक्राउ गरी भन्सारलाई बुझाएको हो ।

तीन दिन यता गरेको चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले बताए ।

उनका अनुसार अनुसार गुलरिया नगरपालिका वडा नं ११ बाट करिब ४२ हजार ७०० बराबरको तयारी कुर्ता सुरुवाल र प्याष्टिकको डोरी फेला परेको छ ।

त्यसैगरी बाँसगढी नगरपालिका वडा नं १ चेपाङबाट करिब ४९ हजार ३०० बराबरको रेडिमेट कपडा फेला परेको छ भने गुलरिया नगरपालिका वडा नं ८ पर्सियाबाट करिब २७ हजार ३०० बराबरको डीएपी र युरिया मल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सामाग्रीहरू आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बुझाएको सूचना अधिकारी डमरपालले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register