साउदी अरेबियाद्वारा नेपाललाई २५ टन साउदी खजुर उपहार

काठमाडौं । साउदी अरेबियाले नेपाललाई २५ टन साउदी खजुर उपहार दिएको छ । नेपालमा किंग सलमान मानवीय सहायता तथा राहत केन्द्रको पहिलो कार्यक्रमको उद्घा टनको क्रममा उक्त खजुर उपलब्ध गराइएको हो । सोमबार ललितपुरको कुपण्डोलस्थित नेपालका लागि साउदी अरेबियाको राजदूताबासमा आयोजित उद्घाटन कार्यक्रममा साउदी राजदूत साद नासेर अबु हैमदले उक्त खजुर गृह मन्त्रालयका उपसचिव छविलाल […]

May 19, 2025 - 14:14
 0
साउदी अरेबियाद्वारा नेपाललाई २५ टन साउदी खजुर उपहार

काठमाडौं ।

साउदी अरेबियाले नेपाललाई २५ टन साउदी खजुर उपहार दिएको छ । नेपालमा किंग सलमान मानवीय सहायता तथा राहत केन्द्रको पहिलो कार्यक्रमको उद्घा टनको क्रममा उक्त खजुर उपलब्ध गराइएको हो । सोमबार ललितपुरको कुपण्डोलस्थित नेपालका लागि साउदी अरेबियाको राजदूताबासमा आयोजित उद्घाटन कार्यक्रममा साउदी राजदूत साद नासेर अबु हैमदले उक्त खजुर गृह मन्त्रालयका उपसचिव छविलाल पौडेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त खजुर नेपालको विभिन्न निकाय, सरकारी विद्यालय, विश्वविद्यालय, अनाथालय आदि गरी कुल १२–१५ श्रेणीमा विभाजन गरेर वितरण गरिने उपसचिव छविलाल पौडेलले जानकारी दिए । यस अवसरमा राजदूत सादले नेपाललगायत विश्वका विभिन्न देश र जनतालाई प्रदान गर्ने राहत र सहयोगका लागि दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज र युवराज तथा प्रधानमन्त्री राजकुमार मोहम्मद बिन सलमानलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उनले साउदी अरेबियाका सहयोगले धेरै मानिसको पीडा कम गर्न परोपकारी र मानवीय कार्यमा आफ्नो अग्रगामी भूमिकालाई मूर्तरूप दिने विश्वास पनि व्यक्त गरे ।
उद्घाटन समारोहमा गृह मन्त्रालका पदाधिकारीहरुका साथै विभिन्न परोपकारी संस्थाका प्रमुख तथा विभिन्न मस्जिदका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल र साउदीबीच सन् १९९७ को मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register