सर्लाहीमा बस र म्याजिक भ्यान ठोक्किए : एक युवतीको घटनास्थलमै मृत्यु, आठजना घाइते

रौतहट । सर्लाहीको रानीगञ्जमा बस र म्याजिक भ्यान ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा आठजना घाइते भएका छन् । लालबन्दी नगरपालिका १७ स्थित रानीगञ्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना ६ ख ७२२७ नम्बरको बस र […]

May 19, 2025 - 15:09
 0
सर्लाहीमा बस र म्याजिक भ्यान ठोक्किए : एक युवतीको घटनास्थलमै मृत्यु, आठजना घाइते

रौतहट । सर्लाहीको रानीगञ्जमा बस र म्याजिक भ्यान ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा आठजना घाइते भएका छन् ।

लालबन्दी नगरपालिका १७ स्थित रानीगञ्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना ६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानीगञ्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

मृतक युवतीको शव सोही अस्पतालमा रहेको दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register