राप्रपाले बल्खुमा आमसभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो । अब चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम […]

Apr 7, 2025 - 06:58
 0
राप्रपाले बल्खुमा आमसभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा आमसभा गर्ने भएको छ ।

भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो ।

अब चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको उनले बताए ।

राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register