काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहर !

काठमाडौँ । मंगलबार काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहर बनेको छ । आईक्यू एयरले जारी गरेको सूचना अनुसार मंगलबार बिहान काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहर बनेको हो ।  आईक्यू एयरका अनुसार मंगलबार बिहान काठमाडौँको वायुको गुणस्तर २६२ एक्यूआई मापन गरिएको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । आईक्यू एयरका अनुसार ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मानिन्छ […]

Apr 8, 2025 - 03:57
 0
काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहर !

काठमाडौँ । मंगलबार काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहर बनेको छ । आईक्यू एयरले जारी गरेको सूचना अनुसार मंगलबार बिहान काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहर बनेको हो । 

आईक्यू एयरका अनुसार मंगलबार बिहान काठमाडौँको वायुको गुणस्तर २६२ एक्यूआई मापन गरिएको छ । यसलाई निकै अस्वस्थ मानिन्छ ।

आईक्यू एयरका अनुसार ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मानिन्छ । तर, काठमाडौँको वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा पनि ३७.५ गुणा बढी प्रदूषित रहेको छ ।

पछिल्लो केही दिनयता काठमाडौँमा वायु प्रदूषण निकै बढेको छ । वायु प्रदूषण ह्वात्तै बढेपछि प्रदूषणका कारण बिरामी पर्नेहरु पनि बढेको छन् । प्रदूषणलाई ध्यानमा राख्दै चिकित्सकहरूले अत्यावश्यक काममा बाहेक अन्य समयमा घरबाट बाहिर ननिस्किन समेत अपिल गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register