धरानको जंगलमा र्धनग्न अवस्थामा महिलाको शव भेटियो

झापा, २६ चैत । सुनसरीको धरान उपमहानगर–६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको हो । स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ । करिब ३० वर्ष जतिकी महिलाको शवको सनाखत हुन नसकेको [...] The post धरानको जंगलमा र्धनग्न अवस्थामा महिलाको शव भेटियो appeared first on Jhapa Online.

Apr 8, 2025 - 04:01
 0
धरानको जंगलमा र्धनग्न अवस्थामा महिलाको शव भेटियो

झापा, २६ चैत । सुनसरीको धरान उपमहानगर–६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको हो ।

स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ । करिब ३० वर्ष जतिकी महिलाको शवको सनाखत हुन नसकेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार लिमल्सिनाले जानकारी दिए।

शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली खटिएको थियो । शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ। एसपी तिमल्सिनाका अनुसार हत्यापछि शवलाई लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिएको छ।

प्रहरीले घटनाको प्रकृति अत्यन्तै गम्भीर र शङ्कास्पद रहेको जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। ती महिलाको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाई छ।

The post धरानको जंगलमा र्धनग्न अवस्थामा महिलाको शव भेटियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register