काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । देशको राजधानी काठमाडौं आज (मङ्गलबार) आन्दोलनमय बन्दैछ । यहाँका तीन स्थानमा प्रदर्शन हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासङ्घ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् । राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको […]

Apr 8, 2025 - 05:30
 0
काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । देशको राजधानी काठमाडौं आज (मङ्गलबार) आन्दोलनमय बन्दैछ । यहाँका तीन स्थानमा प्रदर्शन हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासङ्घ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने भएका छन् ।

यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन आवश्यकताअनुसार सवारीसाधनलाई डाइभर्सनको व्यवस्था मिलाएको प्रहरीले जानकारी दिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register