नेपालमा एआई शिक्षासम्बन्धी कार्यक्रम आयोजना हुँदै

काठमाडौं । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युटले बुधबार एनुअल नेपाल एआई स्कुल को आयोजना गर्ने घोषणा गरेको छ । यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पौष १२ देखि २२ गतेसम्म आयोजना हुने जनाइएको छ । संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने अनाइल्स दक्षिण […]

Dec 26, 2024 - 11:29
 0
नेपालमा एआई शिक्षासम्बन्धी कार्यक्रम आयोजना हुँदै

काठमाडौं । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युटले बुधबार एनुअल नेपाल एआई स्कुल को आयोजना गर्ने घोषणा गरेको छ । यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पौष १२ देखि २२ गतेसम्म आयोजना हुने जनाइएको छ ।

संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने अनाइल्स दक्षिण एसियाकै सबैभन्दा ठुलो र सबैभन्दा पृथक् मञ्च हो ।

नामीका अनुसार अनाइल्सले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ । कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजना हुँदैछ ।

यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेसनलहरू सहभागी हुन सक्ने जनाइएको छ । विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी  विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन् ।

सानो ठाउँबाट ठुला परिवर्तन आउन सक्छ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको बताइएको छ ।

विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र Geometric Deep Learning, Foundational Models and Application, र Modern Practices मा भौतिक कक्षाहरू सञ्चालन गर्नेछन् ।

नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एसियामा उत्कृष्ट अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो ।

उनले भने, “नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्याउनेछ ।”

यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एसिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारहरूको साझेदारी प्राप्त भएको छ । साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register