इमरान र बसिरको अर्धशतक, आर्मी उच्च स्कोरतर्फ
काठमाडौं । जय ट्रफी एलिट क्रिकेट कपमा बागमती क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा २७६ रन बनाएको छ । जनकपुरधामको रामजानकी मल्टीपर्पस स्टेडियममा पहिलो दिनको खेलमा खेलमा आर्मीले पूरै ६० ओभर खेलेर ५ विकेटको क्षतिमा २७६ रन बनाएको हो । आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । इमरानले १०४ बलमा ७२ […]

काठमाडौं । जय ट्रफी एलिट क्रिकेट कपमा बागमती क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा २७६ रन बनाएको छ ।
जनकपुरधामको रामजानकी मल्टीपर्पस स्टेडियममा पहिलो दिनको खेलमा खेलमा आर्मीले पूरै ६० ओभर खेलेर ५ विकेटको क्षतिमा २७६ रन बनाएको हो ।
आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । इमरानले १०४ बलमा ७२ रन बनाए । सो क्रममा उनले ११ चौका प्रहार गरे ।
बसिर अहमदले अविजित ५३ रन बनाए । त्रित राज दासले ७८ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए । कुशल मल्ल ३५ रनमा अविजित रहे ।
बागमतीका लागि विपिन आचार्यले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
टस जितेर बागमतीले पहिले बलिङ रोजेको थियो ।
What's Your Reaction?






