मंगलबार ३.४४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २१ कम्पनीको एक करोड ६४ लाख ३ हजार ४ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Apr 8, 2025 - 10:54
 0
मंगलबार ३.४४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २१ कम्पनीको एक करोड ६४ लाख ३ हजार ४ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचरको भएको छ । यस कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै नाफा  कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज बोटलर्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register