दुर्गा प्रसाईँलाई घटनास्थलबाट उन्मुक्ति दिँदै नेतालाई हिरासत पठाएकोप्रति लिङ्देनको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले दुर्गा प्रसाईँलाई घटनास्थलबाट उन्मुक्ति दिएर नेताहरूलाई पक्राउ गरेकोप्रति विरोध जनाएका छन् । बल्खुको सभालाई सम्बोधन गर्दै उनले प्रसाईँलाई उन्मुक्ति दिएर नेताहरूलाई पक्रिनु गलत रहेको बताए । ‘प्रहरीको फन्दाभित्र परेको दुर्गा प्रसाईँलाई पक्रिनुपर्थ्यो । प्रहरीलाई किचौँला जस्तो गरेर आएको प्रसाईँलाई निकालेर पठानउभुयो । नेताहरूलाई अश्रुग्यास प्रहार गर्नुभयो । हिरासतमा […]

Apr 8, 2025 - 10:54
 0
दुर्गा प्रसाईँलाई घटनास्थलबाट उन्मुक्ति दिँदै नेतालाई हिरासत पठाएकोप्रति लिङ्देनको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले दुर्गा प्रसाईँलाई घटनास्थलबाट उन्मुक्ति दिएर नेताहरूलाई पक्राउ गरेकोप्रति विरोध जनाएका छन् ।

बल्खुको सभालाई सम्बोधन गर्दै उनले प्रसाईँलाई उन्मुक्ति दिएर नेताहरूलाई पक्रिनु गलत रहेको बताए । ‘प्रहरीको फन्दाभित्र परेको दुर्गा प्रसाईँलाई पक्रिनुपर्थ्यो । प्रहरीलाई किचौँला जस्तो गरेर आएको प्रसाईँलाई निकालेर पठानउभुयो । नेताहरूलाई अश्रुग्यास प्रहार गर्नुभयो । हिरासतमा पठाउनुभयो । हाम्रा नेताहरूलाई हिरासत पठाएको कुरा इखका रूपमा लिएका छौँ,’ उनले भने ।

लिङ्देनले तीनकुने घटनामा छानबिनका लागि न्यायिक आयोग बनाउन माग गरेका छन् । ‘सरकारको कारिन्दा भएको आयोग होइन । सर्वोच्चका पूर्व न्यायाधीश, नागरिक समाज, मानवअधिकारकर्मी सम्मिलित आयोग गठन होस्,’ उनले भने ।

आफुहरूको शान्तिपूर्ण बाटोलाई कमजोरी नठान्न उनले चेतावनी दिए । ‘सत्ता तपाइँहरूको हातमा सधैँ हुँदैन । जनता तपाइँहरूको गोठमा बस्ने गाईवस्तु होइनन्  राप्रपालाई कमजोर नठानियोस्। हामीले डराएर होइन जिम्मेवार भएर शान्तिपूर्ण बाटोमा हिँडेका हौँ,’ उनले भने ।

तीनकुनेमा राज्यले आतंक मच्याएको उनले बताए । राप्रपा अराजकताको पक्षधर नभएको उनको भनाइ छ । उनले नवीन समझदारीका लागि तयार हुन गणतन्त्रवादी दलहरूलाई आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register