आन्दोलनरत शिक्षकलाई सरकारले पुन: बोलायो वार्तामा

काठमाडौं । शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई सरकारले पुन: वार्तामा आउन आह्वान गरेको छ । शिक्षा मन्त्रालयले मंगलबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै फेरि वार्तामा आउन अनुरोध गरेको हो । यसअघि चैत २१ र २२ गते पनि सरकारले छलफल र परामर्शका लागि […]

Apr 8, 2025 - 12:38
 0
आन्दोलनरत शिक्षकलाई सरकारले पुन: बोलायो वार्तामा

काठमाडौं । शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई सरकारले पुन: वार्तामा आउन आह्वान गरेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै फेरि वार्तामा आउन अनुरोध गरेको हो ।

यसअघि चैत २१ र २२ गते पनि सरकारले छलफल र परामर्शका लागि आन्दोलनरत पक्षलाई वार्तामा बोलाए पनि आन्दोलनरत शिक्षकहरूले अस्वीकार गरेका थिए । आन्दोलनरत शिक्षकहरूले यसअघि पटक-पटक भएका सम्झौता लागू नभएकाले यसपटक वार्तामा मात्रै नबस्ने जवाफ दिएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ । वार्ता, संवाद र छलफलमार्फत समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै वार्ताका लागि सरकारले पुन: अनुरोध गरेको छ।

काठमाडौँकेन्द्रित आन्दोलन थालेका मुलुकभरका शिक्षकले सोमबारबाट आम शैक्षिक हडताल समेत घोषणा गरेका छन् । सरकारले वार्ताबाट शिक्षकका माग र समस्या समाधान गर्न अपिल गर्दै आएको छ भने शिक्षकहरूले शिक्षा ऐन जारी भए मात्र आन्दोलन रोकिने जवाफ दिँदै आएका छन् । शैक्षिक हडतालका कारण विद्यालय शिक्षा प्रभावित भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register