ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, ११ असार । मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रंगेली-१ का ३२ वर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्‍याउनासाथ [...] The post ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

Jun 25, 2025 - 07:07
 0
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, ११ असार । मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रंगेली-१ का ३२ वर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो भने मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्याक्टर र चालक रंगेली-८ का ३० बर्षीय जीवन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

The post ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register