कठ्याङ्ग्रिँदो जाडोमा तुलासादेवी ओलीद्वारा विपन्न विद्यार्थीलाई ट्रयाकसुट प्रदान

विनोद सापकोटा झापा, ४ पुस । समाज र धार्मिकसेवामा जीवन समर्पित तुलसा देवी ओलीले जाडोको कठ्याङ्ग्रिँदो मौसममा विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्दै मानव सेवा र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्। झापाको शिवशताक्षी नगरपालिका वडा नम्बर ४ सालमाराका १३० जना विद्यार्थीलाई बुधबार जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान गरिन्। परिवारका सदस्य [...] The post कठ्याङ्ग्रिँदो जाडोमा तुलासादेवी ओलीद्वारा विपन्न विद्यार्थीलाई ट्रयाकसुट प्रदान appeared first on Jhapa Online.

Dec 19, 2024 - 14:45
 0
कठ्याङ्ग्रिँदो जाडोमा तुलासादेवी ओलीद्वारा विपन्न विद्यार्थीलाई ट्रयाकसुट प्रदान

विनोद सापकोटा

झापा, ४ पुस । समाज र धार्मिकसेवामा जीवन समर्पित तुलसा देवी ओलीले जाडोको कठ्याङ्ग्रिँदो मौसममा विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्दै मानव सेवा र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्।

झापाको शिवशताक्षी नगरपालिका वडा नम्बर ४ सालमाराका १३० जना विद्यार्थीलाई बुधबार जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान गरिन्। परिवारका सदस्य सहित विद्यालय हातामै पुगेर उनले सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले बताए । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानिय जन प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति थियो।

यो सिजनमा मात्र ओलीले करिब १० लाख बराबरको आर्थिक सहायताका कार्यक्रम सञ्चालन गरेकी छन्। जिल्लाका शिवशताक्षी, कन्काई, भद्रपुर र अर्जुनधाराका सामुदायिक तथा फरक क्षमता भएका आश्रम का विद्यार्थीहरूलाई सहयोग प्रदान गरेकी हुन् ।

ओलीले यस अघि शिवसताक्षी ४ को त्रिभुवन माध्यमिक विद्यालयका २५ जना विपन्न विद्यार्थीका अभिभावकलाई खाद्यान्न र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर असल दाताको उदाहरण प्रस्तुत गरेकी थिइन्।

यस्तै अर्जुनधारा नगरपालिका अपाङ्ग बाल सरोकारका १३ जना, कन्काई नगरपालिकाको सुस्त मनस्थिति केन्द्र का १३ जना र पुकार अपाङ्ग संस्था कन्काईकै १५ गरी ४१ जना फरक क्षमता भएका बालबालिकालाई ट्र्याक सुट प्रदान गरेकी थिइन् । यो सामग्री सबै उनले १५० किलोग्राम चामल, १५ किलोग्राम दाल, १५ किलोग्राम चिउरा, ९ लिटर तेल र नौ किलोग्राम भुजा ओलीले प्रदान गरेकी थिइन् ।

तुलसा देवीले आफ्नो जन्मदिन, दिवंगत पितृहरूको सम्झना र वर्षको कुनै एक महत्वपूर्ण दिनको अवसर पारेर समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्ति वा संस्था लाई आवश्यक आर्थिक सहयोग र जिन्सी सामग्री प्रदान गरेकी छन्।

शिवसताक्षी नगरको वडा नम्बर ९ स्थित जिल्लागढ पोखरीमा २५० जना अटाउन सक्ने सभा हल निर्माणका लागि ओली परिवारले कार्य थालनी गरेको छ। तुलसा देवी ओली रुद्र- गौरी श्री -अम्बिका ओली प्रतिष्ठान नेपालको संस्थापक केन्द्रीय सदस्य हुन् । आफ्नो परिवारको आम्दानी स्रोतको दशांश समाजसेवामा खर्च गर्ने उनको पूर्व योजना हो ।

करिब दुई दशकदेखि समाजसेवामा खटिएकी ओली रुद्र- गौरी श्री -अम्बिका ओली प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष समाजसेवी यज्ञराज ओलीकी धर्मपत्नी हुन् । ओली दम्पतिका सबै छोरा बुहारी, छोरी ज्वाईं डक्टर हुन् ।

तुलसा देवी एक्लैले शताक्षी धामको गोलोक गोवर्धन गौशालाले सञ्चालन गरेको श्री शताक्षी गुरुकुलमका लागि १ लाख ५१ हजार को अक्षय कोष स्थापना गरेकी छन् । हुने अक्षय कोषकी पहिलो दाता हुन् ।

तुलसा देवी ओलीले विपन्न वर्गका बालबालिकाको शैक्षिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले आफूले यस्ता कार्यक्रम सञ्चालन गरेको बताइन्। “शिक्षा सबैका लागि समान हुनुपर्छ। विपन्न विद्यार्थीलाई सहयोग गरेर उनीहरूलाई पनि आत्मविश्वासी बनाउनु मेरो प्राथमिकता हो,” उनले भनिन्।

विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले तुलसा देवी ओलीको योगदानको प्रशंसा गर्दै भने, ‘यस्तो सहयोगले विद्यार्थीहरूलाई केवल न्यानो मात्र हैन, उनीहरूको मनोबल पनि बढाउने काम गर्छ।’ तुलसा देवी ओली लगायतका परिवारका अन्य सदस्यको यस कर्मका लागि पुर्‍याएको योगदानको जति प्रशंसा गरेपनि कम हुने प्रधानाध्यापक ताजपुरियाले बताए ।

विपन्न बालबालिकाको हितमा निरन्तर क्रियाशील तुलसा देवी ओलीले यसअघि पनि शैक्षिक सामग्री, स्टेशनरी र छात्रवृत्तिका कार्यक्रमहरू सञ्चालन गर्दै आएकी छिन्। स्थानीय समुदायले पनि उनको प्रयासको प्रशंसा गरेका छन्।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णु प्रसाद प्रसाई, कांग्रेस नेता परशुराम ढुङ्गाना, भक्ति सिटौला, शिवसताक्षी नगर महिला सञ्जालकी उपाध्यक्ष कल्पना चौलागाईं लगायतले तुलसा देवीको प्रशंसा गरेका थिए ।

शिव शताक्षी नगरमा रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले पुर्‍याएको योगदानको आफूले नजिकबाट हेरिरहेको नगर प्रमुख थोप्राले बताएका छन्। उनले भने,’ नगरको शिक्षा क्षेत्रमा उहाँ लगायत उहाँका परिवारको अतुलनीय योगदान रहेको नगरपालिकाले महसुस गरेको छ। सामाजिक सेवा मा सक्रिय तुलसा देवीको धार्मिक स्वभावको जति नै प्रशंसा गरेपनि थोरै हुन्छ।’ नगर प्रमुख थोप्राले भविष्यमा पनि यस्तै कर्म गर्न प्रेरणाका लागि ओलीलाई शुभकामना दिए ।

समाजमा धेरै प्रकृतिका समाजसेवि हुन्छन् । विपन्नको तस्बिर वा चित्र देखाएर माग्ने । मागेको पैसा तिनै विपन्नलाई बाँड्ने र फेरि बाँडेको तस्बिर वा भिडियो देखाएर फेरि माग्ने अनि खाने प्रकृतिका सामाजिक अभियन्ताले ओली प्रतिष्ठान र तुलसा देवी ओलीबाट धेरै कुरा सिक्नुपर्ने वक्ताले बताएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरिया र सहजीकरण पत्रकार विनोद सापकोटाले गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले दाता तुलसादेवीलाई धन्यवाद पत्र समेत प्रदान गरेको थियो।

The post कठ्याङ्ग्रिँदो जाडोमा तुलासादेवी ओलीद्वारा विपन्न विद्यार्थीलाई ट्रयाकसुट प्रदान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register