लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन जे देखियो…(तस्विरहरु)

काठमाडौँ । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन ‘लचिलो कर व्यवस्था निर्माणमा व्यावसायिक लेखाकारहरूको भूमिका’ शीर्षकमा प्यानल छलफल भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन सातौं सत्रमा उक्त शीर्षकमा प्यानल छलफल भएको हो। सत्रको सञ्चालन आइक्यानका काउन्सिल सदस्य सुनिल देवकोटाले गरेका थिए भने प्यानलका […]

Apr 10, 2025 - 09:54
 0
लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन जे देखियो…(तस्विरहरु)

काठमाडौँ । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन ‘लचिलो कर व्यवस्था निर्माणमा व्यावसायिक लेखाकारहरूको भूमिका’ शीर्षकमा प्यानल छलफल भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन सातौं सत्रमा उक्त शीर्षकमा प्यानल छलफल भएको हो।

सत्रको सञ्चालन आइक्यानका काउन्सिल सदस्य सुनिल देवकोटाले गरेका थिए भने प्यानलका सदस्यहरूमा आइआरडीका महानिर्देशक मदन दाहाल, सहायक महालेखा परीक्षक घनश्याम पराजुलीस, आइक्यानका काउन्सिल सदस्य सिए उमेश राज पाण्डे, आइक्यानका काउन्सिल सदस्य आरए झलकमणि लम्सालस र सिए शेषमणि दाहाल रहेका थिए।

छलफलमा अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट लगायतका प्रतिष्ठित व्यक्तिहरूसमेत रहेका थिए। प्यानल डिस्कसनमा अनुकूलनीय कर व्यवस्थालाई प्रवर्द्धन गर्न व्यावसायिक लेखाकारहरूको महत्वपूर्ण भूमिकामा गहिरो अध्ययन भएको थियो।

साथै, नेपालमा लचिलो कर प्रणाली निर्माणमा योगदान पुर्‍याउन व्यावसायिक लेखाकारहरूले सामना गर्ने प्रमुख चुनौतीहरू पनि पहिचान गरिएको थियो। बाँकी तस्विरमा हेर्नुहोस्ः

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register