एलपीजी ग्यासको सिलिन्डरमा म्याद सकिने मिति राख्न माग गर्दै सर्वोच्चमा रिट 

काठमाडौं । खाना पकाउने (एलपीजी) ग्यासको सिलिन्डरमा म्याद सकिने मिति राख्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । कानुनका विद्यार्थी रोशन आउजीले रिट दायर गरेका हुन् । सिलिन्डर उत्पादन र एक्सपायर मिति स्पष्ट नभएकोले विभिन्न समयमा ग्यास पड्किएर धनजनको क्षति हुने गरेको रिटमा उल्लेख छ । रिटमा हरेक १० वर्षमा एलपीजी ग्यासको सिलिन्डर […]

Apr 11, 2025 - 08:56
 0
एलपीजी ग्यासको सिलिन्डरमा म्याद सकिने मिति राख्न माग गर्दै सर्वोच्चमा रिट 

काठमाडौं । खाना पकाउने (एलपीजी) ग्यासको सिलिन्डरमा म्याद सकिने मिति राख्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

कानुनका विद्यार्थी रोशन आउजीले रिट दायर गरेका हुन् । सिलिन्डर उत्पादन र एक्सपायर मिति स्पष्ट नभएकोले विभिन्न समयमा ग्यास पड्किएर धनजनको क्षति हुने गरेको रिटमा उल्लेख छ ।

रिटमा हरेक १० वर्षमा एलपीजी ग्यासको सिलिन्डर परीक्षण गर्नुपर्ने प्रावधान भएपनि स्पष्ट लेभल नराखिएको हुँदा परीक्षण नभएको भनिएको छ  ।

यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपभोक्ता संरक्षण परिषद्, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र नेपाल गुणस्तरीय तथा नापतौल विभागमासमेत निवेदन दिएका थिए ।

‘सम्पूर्ण उपभोक्ताले आफूले प्रयोग गर्ने वस्तुको म्याद सकिने मितिको सूचना पाउनुपर्दछ,’ निवेदनमा लेखिएको छ, ‘एलपीजी ग्यास सिलिन्डरको परीक्षण मिति वा म्याद सकिने मितिको सूचना स्पष्ट रूपमा सिलिन्डरमा लेबलिङ गर्न आवश्यक छ । वर्तमान समयमा सो ग्यासको सिलिन्डरमा निरीक्षण मिति राखेको पाइए पनि स्पष्ट भने हुँदैन । भनाइको मतलब सो सजिलै सर्वसाधारण नेपाली नागरिकले बुझ्न सक्दैनन् । निरीक्षण मितिमा एलपीजी सिलिन्डरको मजबुती र लिक हुने नहुने सम्भावनाको परीक्षण गरिन्छ ।’

कानुनमा के छ ?

एलपी ग्यास बाहिरबाट आपूर्ति गरेपनि नेपाली बजारमा बिक्री वितरणका लागि नेपाली ऐनअनुसार दर्ता गरेर चल्नुपर्दछ । यद्यपि, नेपालको ऐनलाई बेवास्ता गर्दै हाल नेपाली बजारमा ग्यास बिक्री वितरण भइरहेको पाइएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३ (ग) मा वस्तु वा सेवाको शुद्धता, गुणस्तर आदिबारे सूचित हुने अधिकार उपभोक्ताको हुन्छ भनी व्यवस्था गरिएको छ । त्यस्तै, यस विषयतर्फ सोही संहिताको दफा ३ (ङ) र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा २ (ङ) आकर्षण हुने देखिन्छ ।

त्यस्तै, उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार लेबलमा उल्लेख गर्नुपर्ने कुराहरू सर्वसाधारण बुझ्ने गरी नेपालभित्र उत्पादन भएका उत्पादकले र पैठारी गरिएका वस्तु भए पैठारीकर्ताले स्पष्ट रूपमा नेपाली वा अङ्ग्रेजी भाषामा लेख्नुपर्नेछ भनी व्यवस्था गरिएको छ ।

यद्यपि, पैठारीकर्ताले निरीक्षण मितिलाई छुट्टै कोड प्रयोग गरी लेबलिङ गरेको छ, जुन सामान्य तरिकाले बुझ्न सकिँदैन ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register