गाजामा सहायता कर्मचारीमाथि हमासको आक्रमण : कम्तीमा पाँच जनाको मृत्यु

गाजा । गाजामा सञ्चालन भइरहेको अमेरिका र इजरायली समर्थित परोपकारी संस्थाले प्यालेस्टिनी लडाकु समूह हमासलाई बुधबार वितरण केन्द्र जाने क्रममा सहायता कर्मचारीहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ । गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)ले दक्षिणमा खान युनिस नजिकैको वितरण स्थलमा आफ्ना कर्मचारी बोकेको बसमा राति १० बजे (१९ जीएमटी) ‘हमासले क्रूरतापूर्वक […]

Jun 12, 2025 - 12:25
 0
गाजामा सहायता कर्मचारीमाथि हमासको आक्रमण : कम्तीमा पाँच जनाको मृत्यु

गाजा । गाजामा सञ्चालन भइरहेको अमेरिका र इजरायली समर्थित परोपकारी संस्थाले प्यालेस्टिनी लडाकु समूह हमासलाई बुधबार वितरण केन्द्र जाने क्रममा सहायता कर्मचारीहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ ।

गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)ले दक्षिणमा खान युनिस नजिकैको वितरण स्थलमा आफ्ना कर्मचारी बोकेको बसमा राति १० बजे (१९ जीएमटी) ‘हमासले क्रूरतापूर्वक आक्रमण गरेको’ बताएको छ ।

‘हामीले अझै पनि तथ्यहरू सङ्कलन गरिरहेका छौँ, तर हामीलाई के थाहा छ भने त्यो विनाशकारी छ ः कम्तीमा पाँच जनाको मृत्यु भएको छ, धेरै घाइते भएका छन्, र हाम्रो टोलीका केही सदस्यलाई बन्धक बनाइएको हुनसक्ने डर छ,’ जीएचएफले एक विज्ञप्तिमा भनेको छ ।

एएफपीलाई पठाएको इमेलमा समूहले मारिएका सबै पाँच जना जीएचएफका लागि प्यालेस्टिनी सहायताकर्मी भएको बताएको छ ।

‘यी सहयोगी कामदारहरू थिए । मानवतावादी। बुवा, भाइ, छोरा र साथीहरू, जसले अरूलाई मद्दत गर्न हरेक दिन आफ्नो ज्यान जोखिममा पार्दै आएका थिए,’ समूहले आक्रमणको निन्दा गर्दै आफ्नो विज्ञप्तिमा थपेको छ ।

घेराबन्दीमा परेको गाजा पट्टीमा खाद्यान्न र आधारभूत आपूर्तिको वितरण झन्झन जटिल र जोखिमपूर्ण बन्दै गएको छ र यसले गर्दा यस क्षेत्रको गहिरो भोकमरीको सङ्कटलाई बढाएको छ ।

गाजाको नागरिक सुरक्षाका अनुसार मे महिनाको अन्त्यदेखि वितरण विन्दुहरूमा पुग्ने प्रयास गर्दा दर्जनौँ प्यालेस्टिनी मारिएका छन् ।

इजरायली सेनाले बुधबार सहायताको प्रतीक्षामा रहेका ३१ जनाको हत्या गरेको बताइएको छ ।

इजरायली सेनाले घटनाको बारेमा टिप्पणीका लागि एएफपीको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएको छैन ।

आफ्नो सञ्चालनको पहिलो हप्तामा जिएचएफले सात लाखभन्दा बढी भोजन मूल्यको खाना वितरण गरेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घ र प्रमुख सहायता समूहहरूले यसको अभ्यास र तटस्थतामाथिको चिन्तालाई उद्धृत गर्दै जीएचएफसँग काम गर्न अस्वीकार गरेका छन् ।

गाजाका चिकित्सकहरूले अस्पतालहरू खाना लिन खोज्दै गर्दा मानिसहरूलाई आक्रमण गरिएको जनाएको छन् ।

नुसिरात क्याम्पको अल–अवदा अस्पतालमा बिहीबार बिहान उत्तरी गाजाको सडकको छेउमा रहेको एक प्रमुख चौकी नजिकैको सहायता वितरण स्थलमा भेला भएको इजरायली ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको र एक सय जना घाइते भएको बताइएको छ ।

गाजा सहरको अल–सिफा अस्पतालमा आपत्कालीन कोठाले सहायताको प्रतीक्षामा रहेका दर्जनौँ पीडितहरू प्राप्त गर्न थालेको बताएको छ । त्यहाँ एकै दिनमा दुई सय जना थिए ।

‘धेरै गाजाबासी सहायता प्राप्त गर्न नाबुलसी र नेटजारिम क्षेत्रमा जाँदा उनीहरूलाई गोली हानिएको थियो,’ अल–सिफाको आपत्कालीन विभागका प्रमुख मुताज हराराले भने, ‘तर थोरै चिकित्सा आपूर्ति र शल्यक्रिया कोठा नभएका कारण धेरै बिरामीको आफ्नो पालो पर्खिरहेका बेला मृत्यु भयो ।’ –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register