दुर्गा प्रसाईंलाई प्रहरी परिसर पुर्‍याइयो

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ । प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा लगिएको हो । दुई जनालाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण […]

Apr 11, 2025 - 08:53
 0
दुर्गा प्रसाईंलाई प्रहरी परिसर पुर्‍याइयो

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ ।

प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा लगिएको हो ।

दुई जनालाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

आज समर्थकले अवरोध गर्ने सम्भावना भएकाले म्याद थपमा लागि उनीहरूलाई आइतबार मात्र अदालतमा उपस्थित गराइने सम्भावना बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register