ग्यास्ट्राइटिसबाट पडित हुनुुहन्छ ? अपनाउनुस् यी १० तरिकाहरु

भनिन्छ नेपालमा हर कोही ब्यक्ति कुनै न कुनै समयमा ग्यास्ट्राइटिसबाट पडित हुन्छ । पेटको ‘ग्यास्ट्रिक म्युकोसा’ भनिने भित्री तह जल्ने, पोल्ने, खुइलिने समस्यालाई ग्यास्ट्राइटिस भनिन्छ । वाकवाकी लाग्ने नखाएपनि अघाएजस्तो हुने, पेट पोल्ने, नपच्ने मुटु पोल्ने भोक हराउने आदि ग्यास्ट्राइटिसका सामान्य लक्षणहरु हुन् ।आउनुस् हेरौ ग्यास्ट्राइटिसबाट सरल तरिकाले मुक्ति कसरी पाउन सकिन्छ । १. पाचन [...] The post ग्यास्ट्राइटिसबाट पडित हुनुुहन्छ ? अपनाउनुस् यी १० तरिकाहरु appeared first on Jhapa Online.

Apr 11, 2025 - 12:20
 0
ग्यास्ट्राइटिसबाट पडित हुनुुहन्छ ? अपनाउनुस् यी १० तरिकाहरु


भनिन्छ नेपालमा हर कोही ब्यक्ति कुनै न कुनै समयमा ग्यास्ट्राइटिसबाट पडित हुन्छ । पेटको ‘ग्यास्ट्रिक म्युकोसा’ भनिने भित्री तह जल्ने, पोल्ने, खुइलिने समस्यालाई ग्यास्ट्राइटिस भनिन्छ ।

वाकवाकी लाग्ने नखाएपनि अघाएजस्तो हुने, पेट पोल्ने, नपच्ने मुटु पोल्ने भोक हराउने आदि ग्यास्ट्राइटिसका सामान्य लक्षणहरु हुन् ।
आउनुस् हेरौ ग्यास्ट्राइटिसबाट सरल तरिकाले मुक्ति कसरी पाउन सकिन्छ ।

१. पाचन प्रणाली पूर्ण रुपले स्वस्थ नहुँदासम्म दूधजन्य पदार्थबाट टाढा रहनुस् ।

२. शरीर अथवा पेटमा पानीको मात्रा प्रसस्त हुनु जरुरी हुन्छ । हरेक दिन कम्तिमा आठ ठूलो गिलासको भरी पानी पिउनुहोस् ।

३. पेटको जलन घटाउन हरेक दिन भिटामिन ई को ४०० आइ।यू। मात्रा लिनुस् ।

४. अदुवाको सेवनले अपाचन, ग्यास घटाउनुको साथै पेटको खुइलिएको भित्रको तह ‘ग्यास्ट्रिक म्युकेसा’ बनाउनपनि मद्दत गर्छ । यसले वाकवाकी घटाउँछ र पाचन प्रक्रिया स्वस्थ राख्छ ।

५. नरीवलको पानीमा प्रसस्त मात्रामा खनिज पदार्थ र पाचन प्रक्रिया स्वस्थ राख्ने पदार्थहरु पाइन्छन् । त्यसैल हरेक दिन यसको सेवन गर्नाले ग्यास्ट्राइटिस घटाउन मद्दत गर्छ ।

६. काँचो आलु लिएर त्यसलाई पिँधी त्यसको रस निकाल्नुस् र दिनको तीन पटक आधा कचौरा खाना खानु भन्दा १५ मिनेट अगाडि पउिनुस् । यो ग्यास्ट्राइटिस हराउने सर्वोत्कृष्ट तरिका हो ।

७. फलफूलका जुसले पनि ग्यास्ट्राइटिसको समस्या कम गर्न मद्दत गर्छ । त्यसैगरी कागतिको रसमा अलिकति नुन मिसाएर पिउनाले प्राकृतिक तरिकाले ग्यास्ट्राइटिस कम हुन्छ ।

८. मासु, अल्कोहल, सूर्तीजन्य पदार्थ, कफि, चिया, मसालेदार खाना, जङक खाना जस्ता खानेकुराबाट टाढै रहूँ ।

९. बिहान बेलुका हिड्ने स्वीमिङ गर्ने जस्ता हल्का शारीरिक कसरतमा ध्यानदिनुस् र मानसिक तनावबाट टाढा रहनुस् ।

१०. एकैचोटी धेरै खाना खानुभन्दा धेरै पटक कम वा थोरै थोरै खाना खानु उत्तम हुन्छ किनभने यसले तपाईको पेटलाई हल्का बनाउँछ र पाचन प्रकृयालाई सरल बनाउँछ ।एजेन्सी

The post ग्यास्ट्राइटिसबाट पडित हुनुुहन्छ ? अपनाउनुस् यी १० तरिकाहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register