बिर्तामोडमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

बिर्तामोड, ३० चैत । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमागबाट लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र ३–००१ ख २८२५ नम्बरको न्यू सृष्टी गोल्ड रात्रिकालीन बसमा सवार भारत बेङ्लोर कनाटाकास इजिपुराका ३७ वर्षीय सनम सेख र सोही नागावारका ५१ [...] The post बिर्तामोडमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

Apr 12, 2025 - 02:52
 0
बिर्तामोडमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

बिर्तामोड, ३० चैत । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमागबाट लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र ३–००१ ख २८२५ नम्बरको न्यू सृष्टी गोल्ड रात्रिकालीन बसमा सवार भारत बेङ्लोर कनाटाकास इजिपुराका ३७ वर्षीय सनम सेख र सोही नागावारका ५१ वर्षीय इबराहिम केथाड्थ पक्राउ गरेको हो ।

उनीहरु माथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको २ वटा सुटकेश झोला भित्र खानेकुरा चिप्सको ३६ थान प्याकेट भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध गाँजा ५ केजी ५३४ ग्राम र २ वटा डव्वाभित्र रहेको लिसाईलो पदार्थ जस्तो देखिने जेली ८ थान फेला परेको छ ।

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बिर्तामोडमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register