कांग्रेसको महाधिवेशन २०८३ असोजभित्रै : महामन्त्री शर्मा

झापा, ३१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । उहाँले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अन्तर–विश्वासको नवीन कांग्रेस बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । [...] The post कांग्रेसको महाधिवेशन २०८३ असोजभित्रै : महामन्त्री शर्मा appeared first on Jhapa Online.

Apr 13, 2025 - 03:48
 0
कांग्रेसको महाधिवेशन २०८३ असोजभित्रै : महामन्त्री शर्मा

झापा, ३१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । उहाँले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अन्तर–विश्वासको नवीन कांग्रेस बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

महामन्त्री शर्माले सरकारको ध्यान सडकको प्रदर्शन भन्दा पनि राम्रो काम गर्नतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न गम्भीरता देखाउन नसकेको टिप्पणी गर्नुभयो । शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक भन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

The post कांग्रेसको महाधिवेशन २०८३ असोजभित्रै : महामन्त्री शर्मा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register