सिमेन्ट र डन्डीमा अनिवार्य एमआरपी राख्न सरकारको निर्देशन 

काठमाडौँ । सिमेन्ट र फलामे छडमा अनिवार्य रुपमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने भएको छ । सरकारले उद्योगीहरुलाई फलामे छड र सिमेन्टमा अनिवार्य रुपमा एमआरपी राख्न निर्देशन दिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अनुसार सिमेन्ट र फलामे छडमा एमआरपी वैशाख १ गतेदेखि लागू हुनेछ । त्यसका लागि उद्योगी व्यवसायीलाई आवश्यक निर्देशन […]

Apr 13, 2025 - 03:09
 0
सिमेन्ट र डन्डीमा अनिवार्य एमआरपी राख्न सरकारको निर्देशन 

काठमाडौँ । सिमेन्ट र फलामे छडमा अनिवार्य रुपमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने भएको छ । सरकारले उद्योगीहरुलाई फलामे छड र सिमेन्टमा अनिवार्य रुपमा एमआरपी राख्न निर्देशन दिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अनुसार सिमेन्ट र फलामे छडमा एमआरपी वैशाख १ गतेदेखि लागू हुनेछ । त्यसका लागि उद्योगी व्यवसायीलाई आवश्यक निर्देशन समेत दिइसकिएको छ । 

यसो त सरकारले यसअघि चैत १४ गते एक सूचना जारी गर्दै सिमेन्ट र फलामे छडमा एमआरपी राख्न निर्देशन दिएको थियो । तर, उद्योगीहरुले सो बेला सरकारको उक्त निर्देशन लागू गर्न अस्वीकार गरेका  थिए । तर, अब भने एमआरपी राख्न सिमेन्ट र डन्डी उद्योगी तयार भएका छन् । 

विभागमा भएको छलफलमा फलामे छड र सिमेन्टमा एमआरपी राख्न उद्योगी तयार भएको विभागका अधिकारीले बताएका छन् । विभागका अधिकारीका अनुसार सिमेन्ट र फलामे छडमा एमआरपी २०८२ बैशाख १ गतेदेखि नै लागू हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register