दरबार छाडेपछि बेलायती राजकुमारलाई अनेक उतारचढाव, सुरक्षा हटाइँदा अदालतमा

लन्डन । सन् २०२० जनवरीमा बकिंगहम दरबार छाडेपछि धेरै उतारचढाव खेपे बेलायती राजकुमार ह्यारीले । ४० वर्षीय प्रिन्स ह्यारीले डिभोर्सी महिलासंगको बिहेका कारण शाही परिवारसंग मनमुटावदेखि मिडिया स्टन्ट र आलोचनासम्म सामना गर्नु परयो । यतिखेर आफ्नो सुरक्षाका लागि उनको कानूनी लडाईं जारी छ । यतिसम्म कि ह्यारीले आफ्नो प्रहरी सुरक्षा पुनस्र्थापित गर्न भएको लामो कानुनी […]

Apr 12, 2025 - 12:49
 0
दरबार छाडेपछि बेलायती राजकुमारलाई अनेक उतारचढाव, सुरक्षा हटाइँदा अदालतमा

फाइल तस्विर

लन्डन । सन् २०२० जनवरीमा बकिंगहम दरबार छाडेपछि धेरै उतारचढाव खेपे बेलायती राजकुमार ह्यारीले । ४० वर्षीय प्रिन्स ह्यारीले डिभोर्सी महिलासंगको बिहेका कारण शाही परिवारसंग मनमुटावदेखि मिडिया स्टन्ट र आलोचनासम्म सामना गर्नु परयो ।

यतिखेर आफ्नो सुरक्षाका लागि उनको कानूनी लडाईं जारी छ । यतिसम्म कि ह्यारीले आफ्नो प्रहरी सुरक्षा पुनस्र्थापित गर्न भएको लामो कानुनी लडाइँबाट ‘थाकेको’ बताएका छन् ।

जनवरी ८, २०२० मा ड्यूक र उनकी श्रीमती मेघनले शाही कर्तव्यबाट ‘पछि हट्ने’ घोषणा गरेपछि उनको सुरक्षास्तर परिवर्तन गर्ने निर्णय भएको थियो ।

बेलायतमा रहँदा प्रहरी सुरक्षाको अधिकार खारेज गर्ने निर्णयविरुद्ध कानूनी चुनौती दिएका राजकुमार ह्यारीले गत वर्ष हाइ कोर्टबाट मुद्दा हारेपछि उनी ‘कोर्ट अफ अपिल’ गएका थिए ।

राजकुमार ह्यारीले अन्तवार्ताहरुमा आफ्नो सुरक्षा हटाइँदा ‘स्तब्ध’ महसुस गरेको खुलासा गरेका थिए।

हयारी मेघन जोडी । तस्विर एएफपी

ड्यूक अफ ससेक्स उपाधिले चिनिने हयारी गत साता रोयल कोर्ट अफ जस्टिस लन्डन उपस्थित भएका थिए । रोयल कोर्ट अफ जस्टिसमा दुई दिने सुनुवाइका क्रममा उनका वकिल साहिद फातिमा (केसी) ले राजकुमारको उपस्थिति ‘यो अपील उनी र उनको परिवारका लागि कति महत्त्वपूर्ण छ भन्ने कुराको एक शक्तिशाली उदाहरण हो’ भन्ने तर्क राखेकी थिइन् । सुरक्षा संवेदनशीलताका कारण उनको सुनुवाइ गोप्य रुपमा भएको थियो ।

हयारी मेघन जोडी सन् २०२० देखि आफ्ना दुई बच्चाका साथ क्यालिफोर्नियामा बसोबास गर्दै आएका छन् ।

ह्यारीले आफ्ना बच्चाहरूसँग बेलायत भ्रमण गर्दा सुरक्षित महसुस नगर्ने बताउने गरेका छन् । सुरक्षा व्यवस्थाका कारण राजकुमार ह्यारीको ’जीवन जोखिममा रहेको उनका वकिलले पनि जिकिर गर्दै आएका छन् ।

ह्यारीले मागिरहेको सुरक्षा हाल राजा रानी, ​​द प्रिन्स एण्ड प्रिन्सेस अफ वेल्स (विलियम क्याथरिन दम्पत्ति) र उनीहरूका तीन बच्चालाई प्रदान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register