हङकङ टी-२०आई प्रतियोगिता: उपाधिका लागि नेपाल र कुवेत भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। मोङ कोकमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। आयोजक हङकङ, नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले दुई खेल जित्दै र एक खेल वर्षाका कारण रद्द हुँदा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो। कुवेतले पनि दुई […]

Apr 13, 2025 - 04:08
 0
हङकङ टी-२०आई प्रतियोगिता: उपाधिका लागि नेपाल र कुवेत भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। मोङ कोकमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

आयोजक हङकङ, नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले दुई खेल जित्दै र एक खेल वर्षाका कारण रद्द हुँदा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो। कुवेतले पनि दुई खेल जित्दै र नेपालसँग पराजित हुँदै फाइनलमा स्थान बनाएको छ।

नेपालले पहिलो खेलमा कतार र दोस्रोमा कुवेतलाई पराजित गरेको थियो। शनिबार हङकङसँगको खेल वर्षाले प्रभावित भएर रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए। यसले नेपाललाई पाँच अंकसहित समूहको शीर्ष स्थानमा पुर्‍यायो। कुवेत चार अंकसहित दोस्रो स्थानमा रह्यो भने आयोजक हङकङ तीन अंकमा सीमित रह्यो।

नेपालले यसै वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि यो प्रतियोगिता खेलिरहेको छ। यो प्रतियोगिता विश्वकप छनोटको तयारीको प्रारम्भिक चरण हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register