आईपीएलमा आज पनि दुई खेल, शीर्ष स्थानको दिल्ली र संघर्षरत मुम्बई भिड्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज पनि दुई रोमाञ्चक खेलहरू हुँदैछन्। दिउँसो ३:४५ बजे जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन्। राजस्थान ५ खेलमा २ जितसहित तालिकाको सातौं स्थानमा छ भने बेंगलुरु ५ खेलमा ३ जितसहित पाँचौं स्थानमा छ। दुवै टोली आजको खेल जित्दै अंक […]

Apr 13, 2025 - 04:44
 0
आईपीएलमा आज पनि दुई खेल, शीर्ष स्थानको दिल्ली र संघर्षरत मुम्बई भिड्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज पनि दुई रोमाञ्चक खेलहरू हुँदैछन्।

दिउँसो ३:४५ बजे जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन्। राजस्थान ५ खेलमा २ जितसहित तालिकाको सातौं स्थानमा छ भने बेंगलुरु ५ खेलमा ३ जितसहित पाँचौं स्थानमा छ। दुवै टोली आजको खेल जित्दै अंक तालिकामा सुधार गर्न चाहन्छन्।

बेलुका ७:४५ बजे दिल्लीको अरुण जेट्ली स्टेडियममा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्नेछन्। दिल्लीले अहिलेसम्म ४ खेलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड जमाएको छ। मुम्बई भने ५ खेलमा १ जितसहित तालिकाको नवौं स्थानमा संघर्ष गरिरहेको छ। मुम्बई आजको खेल जित्दै तालिकामा सुधार गर्न चाहन्छ भने दिल्ली जितको लयलाई निरन्तरता दिन चाहन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register