बैशाखका लागि ३ बैंकको ब्याजदर घट्यो, एभरेष्टले भने बढायो 

काठमाडौँ । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदरअनुसार तीन बैंकले ब्याजदर घटाएका हुन् ।  ब्याजदर घटाउनेमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक छन् । यी बैंकहरुले बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतबिन्दुले […]

Apr 13, 2025 - 09:11
 0
बैशाखका लागि ३ बैंकको ब्याजदर घट्यो, एभरेष्टले भने बढायो 

काठमाडौँ । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदरअनुसार तीन बैंकले ब्याजदर घटाएका हुन् । 

ब्याजदर घटाउनेमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक छन् । यी बैंकहरुले बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतबिन्दुले घटाएका छन् । बैशाखमा एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । बैंकले बैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.६१ प्रतिशतबिन्दु बढाएको हो । 

यी बाहेक अन्य १६ वटा वाणिज्य बैंकहरुले भने ब्याजदर यथावत् राखेका छन् । अर्थात, १६ वाणिज्य बैंकहरुले बैशाखमा चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । औसतमा भने २० वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.००३५ प्रतिशत बिन्दुले बढेको छ । 

त्यस्तै, बैशाखामा संस्थागत मुद्दती निक्षेपको ब्याजदर औषमा ०.०६४ प्रतिशतबिन्दुले घटेको छ । एभरेष्ट बैंकले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register