काठमाडौंबाट ओखलढुङ्गा हिँडेको बस काभ्रेमा दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा हिँडेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना भएको छ । बस काभ्रेको काभ्रेभञ्ज्याङ पुग्ला मङ्गलबार बिहान दुर्घटनामा परेको हो । बागमती प्रदेश ३००१–००५ख ९९४२ नम्बरको अरनिको यातायातको बस सडकको नालीमा पल्टिएको काभ्रे प्रहरीले जनाएको छ । दुर्घटनाबाट बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । चालक र सह–चालकको टाउकोमा गभ्मीर चोट […]

Feb 25, 2025 - 04:37
 0
काठमाडौंबाट ओखलढुङ्गा हिँडेको बस काभ्रेमा दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा हिँडेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना भएको छ । बस काभ्रेको काभ्रेभञ्ज्याङ पुग्ला मङ्गलबार बिहान दुर्घटनामा परेको हो ।

बागमती प्रदेश ३००१–००५ख ९९४२ नम्बरको अरनिको यातायातको बस सडकको नालीमा पल्टिएको काभ्रे प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । चालक र सह–चालकको टाउकोमा गभ्मीर चोट लागेको बताइएको छ ।

घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसमा २४ जना सवार थिए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register