स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने निर्णयबारे चीनको प्रतिक्रिया– अमेरिकाले सबै गल्ती सच्याओस्

काठमाडौं । मोबाइल (स्मार्टफोन) र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक शुल्क (कर) छुट दिने अमेरिकी सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकालाई आफ्ना सबै गल्ती सच्याउन आग्रह गरेको हो । चिनियाँ अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पारस्परिक करहरू ‘पूर्णरुपमा रद्द’ गर्न आग्रह गरेका हुन् । ‘हामी अमेरिकालाई […]

Apr 14, 2025 - 05:56
 0
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने निर्णयबारे चीनको प्रतिक्रिया– अमेरिकाले सबै गल्ती सच्याओस्

काठमाडौं । मोबाइल (स्मार्टफोन) र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक शुल्क (कर) छुट दिने अमेरिकी सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाएको छ ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकालाई आफ्ना सबै गल्ती सच्याउन आग्रह गरेको हो ।

चिनियाँ अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पारस्परिक करहरू ‘पूर्णरुपमा रद्द’ गर्न आग्रह गरेका हुन् ।

‘हामी अमेरिकालाई आफ्ना गल्तीहरू सच्याउन, पारस्परिक करको गलत नीतिलाई पूर्णरुपमा रद्द गर्न र पारस्परिक सम्मानको सही बाटोमा फर्कन प्रमुख कदम चाल्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

ट्रम्प प्रशासनले पारस्परिक कर लागू गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरू बीच ’कर युद्ध’ चलिरहेको छ ।

ट्रम्प प्रशासनले हालै मोबाइल फोन र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको छ । यसमा चीनलाई थोरै राहत मिलेको छ । किनकि यसमा चिनियाँ सामानहरू पनि समावेश छन् ।

यद्यपि, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले आइतबार एबीसी न्युजलाई यो छुट अस्थायी भएको बताएका छन् ।

अप्रिल २ मा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसहित विश्वका धेरै देशबाट आउने उत्पादनहरूमा पारस्परिक शुल्क लगाएका थिए ।

ट्रम्पले चीनबाहेक विश्वका बाँकी देशको हकमा ९० दिनका लागि अस्थायी रुपमा भन्सार महसुलमा छुट दिने घोषणा गरेका छन् ।

अमेरिकाले चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशतसम्म बढाएको थियो भने अन्य देशलाई ९० दिनको अस्थायी छुट दिएको थियो । पारस्परिक भन्सार शुल्कलाई समान रुपमा १० प्रतिशतमा घटाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register