यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौं। आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा […]

Apr 14, 2025 - 09:16
 0
यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौं। आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो ।

ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे ।

ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो ।

ओमानका लागि जित व्रजेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए ।

नेपालका लागि युवराज खत्रीले ५ विकेट लिए । उनले ७ ओभरमा १५ रन खर्चेर आफ्नो फाइफर पूरा गरे । सो क्रममा उनले २ मेडन पनि फाले ।

सन्तोष यादवले २ तथा दयानन्द मन्डल, अप्रजित पौडेल र अशोक पौडेल १–१ विकेट लिए ।

अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register