पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते

तानसेन । पाल्पामा मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको मङ्गलबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक दर्लामी गम्भीर घाइते भएकामा तानसेनस्थित […]

Apr 15, 2025 - 01:44
 0
पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते

तानसेन । पाल्पामा मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको मङ्गलबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक दर्लामी गम्भीर घाइते भएकामा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उनका १८ वर्षीय छोरा मन्दीप दर्लामी घाइते भएका छन् । उनको मिसन अस्पतालमै उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register